४ जेष्ठ २०८३, सोमबार
संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उनले बताए।
‘६ जनालाई काटेको भन्ने खबर आएको छ । हाम्रो टोली भर्खरै पुगेको छ,’ उनले भने,’एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।’


वडा नम्बर १ का वडाध्यक्ष खेम नाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो।
८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।