१० मंसिर २०८१, सोमबार
तालिबानले अफगानिस्तामा अन्तरिम सरकार गठन गरेको छ । तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहदितले मंगलबार पत्रकार सम्मेलन मार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन् ।
मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ । सन् १९९० को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए ।
एफपी समाचार एजेन्सीका अनुसार उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन् । ओमरलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको छ ।
रोयटर्सले तालिबानी स्रोतको उल्लेख गर्दै अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिन्छन् । उनी यसअघि त्यहाँको उप-विदेशमन्त्री समेत रहिसकेका छन् ।
तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन् ।