४ जेष्ठ २०८३, सोमबार
संखुवासभा ६ जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेको आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय उनलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको हो ।
कार्कीले मादी गाउँपालिका १ खोलागाउँका काका नाता पर्ने तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

