१० मंसिर २०८१, सोमबार
अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पत्ति शुद्धीकरणमा डिजिटल प्रविधिको जोखिम बढि भएको जनाएका छन् । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एसिया प्रशान्त समूह (एपीजी) को २१ औं वार्षिक साधारसभा तथा सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले औद्योगिक क्रान्तिसँगै डिजिटल प्रविधि प्रयोगका कारण सम्पत्ति शुद्धीकरणमा जोखिम बढाएको जनाएका हुन् ।
४० भन्दा बढी देशका ५५ भन्दा बढी प्रतिनिधि उपस्थित रहेको मंगलबार राजधानीमा सुरु उक्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अर्थमन्त्री खतिवडाले भने, “डिजिटल रकम ट्रान्स्फर, भुक्तानीको भर्चुअल मोड – क्रिप्टोकरेन्सीद्वारा सञ्चालित गैर बैंकिङ वित्तीय व्यवस्थामा बिक्रेताहरुको विकासले अहिले रकम लेनदेनलाई ट्रयाक गर्न कठिन बनेको छ ।” रियल–टाइम रकम स्थानान्तरणद्वारा निर्दे्शित आधुनिक प्रविधि र बहुसेवा संस्थाले सम्पत्ति शुद्धीकरण र अवैध रकम लेनदेन जस्ता आपराधिक प्रक्रियाको सम्भावित प्रयोगलाई विगतमा भन्दा धेरै सहज बनाइदिएको उनको दाबी छ ।
उनले भने, “डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवम् सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ । यसले वित्तीय अपराध र वित्तीय आतंकवादलाई परास्त गर्न पनि सहयोग गर्दछ । सम्पत्ति शुद्धीकरणमा जोड दिएका थिए ।”
दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा आवश्यक रहेको उनले औंल्याए । मनिलाउन्ड्रिङले आपराधिक गतिविधिको सम्भावना बढाउन मात्र नभएर लगानी क्षेत्रलाई असन्तुलित बनाए व्यापारको वातावरण विथोल्ने खतिवडाको भनाई थियो । उनले भने, “यसले सरकारी राजस्वलाई कम गर्नुका साथै श्रोतहरुलाई पनि आधारभूत विकासबाट अवैध र अनौपचारिक क्रियाकलापतर्फ केन्द्रित गराउँछ जसको परिणामस्वरुप सुरक्षा, सुशासन र समावेशी विकासमा अतिरिक्त लागत बढ्छ ।”
पछिल्लो पटक नेपालले सम्पत्ति शुद्धीकरण र रकम लेनदेनमा देखा पर्ने अपराधिक गतिविधि विरुद्धको नीतिलाई कार्यान्वयन गर्न आवश्यक प्रयास जारी राख्दै आएको छ । त्यसैगरी वित्तिय स्थिरता, आर्थिक पारदर्शिता र अर्थव्यवस्थाको सुरक्षाका निम्ति व्यावसायिक अपराधलाई नियन्त्रण गर्न आवश्यक कानूनी, प्रशासनिक र संस्थागत कदम पनि चलाउँदै आएको छ ।
अर्थमन्त्री खतिवडाले एन्टि मनि लन्ड्रिङ तथा वित्तीय आतंकवादको विरुद्धमा उभिँदै आउँदा यो प्रक्रियालाई व्यवसायिक अपरेसन, दिगो विकास र सुशासनको अभिन्न अंगमा राखेको बताएका छन् ।
उनले भने, “ यो एपिजी सम्मेलनले सम्पित्ति सुद्धिकरणको जोखिमका आवश्यक समाधान र त्यसको प्रभावकारी कार्यान्वयनलाई विश्वव्यापी तथा क्षेत्रीय सहयोग कार्य्विधिमार्फत प्रस्तुत गर्न सक्षम रहने मलाई विश्वास छ ।”
काठमाडौंमा जारी यो सम्मेलन सम्पत्ति शुद्धीकरणमा एपीजीको अहिलेसम्मकै ठूलो सम्मेलन हो । सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्व बैंकलगायत क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठक शुक्रवारसम्म जारी रहनेछ ।
बैठकको अध्यक्षता गरेका अर्थसचि डा. राजन खनालले यो सम्मेलनले वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई सामूहिक रुपमा रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा छलफल गर्ने बताए । उनले सम्पत्ति शुद्धीकरणमा एपीजीका सदस्य देशले गरिरहेका प्रयासका बारेमा अनुभव आदानप्रदान गर्न सम्मेलनको महत्व दर्शाए ।