संखुवासभा हत्या प्रकरणमा ट्विस्टः रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाईको साथमा भेटियो

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १०:१४ मा प्रकाशित

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ ट्विस्ट आएको छ । प्रहरीले हत्याको आरोपमा पक्राउ गरेर सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई समेत पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेका कारण घटनामा उनको मात्र संलग्नता हुन सक्ने भनिएता पनि प्रहरीले अनुसन्धान यथावत राखेको छ । यसै क्रममा लोकबहादुरका भाइ नरेश कार्की पक्राउ परेका हुन् । नरेशसँग सोधपुछ जारी रहेको र सोधपुछका क्रममा नयाँ तथ्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी० लालध्वज सुवेदीले जानकारी दिए ।

हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल अनुसन्धानमाको क्रममा नरेशको साथ फेला परेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् । गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।