३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रलाई अगाडि बढाउने विषयमा सरकारले नयाँ तरिका अपनाउँदै गरेको जनाएका छन् ।
आज बालुवाटामार लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ, त्यहीअनुसार शिक्षण संस्था खोल्नुपर्छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिको लागि गौरवभन्दा पनि पीडाको विषय हुन्छ । चाहिएको छ कृषि विज्ञ, प्रमाणपत्र छ अरु नै विषयको यस्तो मान्छे वेरोजगार हुन्छ ।”
प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको अध्ययन गरेर सोहीअनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस दिने पनि बताए । प्रधानमन्त्री ओलीले आजको नेपाली खान र लाउनबाट बञ्चित नभएको जिकिर पनि गरे ।
नेपाल लामो समय गरिबीको रेखामुनी थियो, खान र लाउनबाहेक अन्यन्त्र ध्यान दिन नसक्ने अवस्थामा थियो । तर, अहिलेको अवस्था त्यस्तो छैन । अहिलेका नेपाली अरु खान र लाउनबाहेक अन्य कुराहरु सोच्ने अवस्थामा पुगेका छन् । गुणस्तरीय जीवन बिताइरहेका छन् उनले भने ।