४ जेष्ठ २०८३, सोमबार
चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे, ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एप्रोन एरियामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पौडेलले खोप ‘रिसिभ’ गरेका छन् ।


खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज हुने गरे पनि यसपटक भने एक भाइलमा ५ डोजको खोप उत्पादन गरेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको मन्त्रालयले जनाएको छ ।