संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि गोविन्द केसीको प्रदर्शन

होमल्याण्ड खबर

२०७८ आश्विन ४ गते, सोमबार ११:११ मा प्रकाशित

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले सोमबारदेखि अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि विश्व शान्ति दिवसको अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन लागेका छन् । सो कार्यक्रमका लागि डा. केसी न्यूयोर्क पुगेका छन् । डा. केसीले बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा सोमबार र मंगलबार दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुनेछ ।