४ जेष्ठ २०८३, सोमबार
संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका छौं । आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’


संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।