प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ आश्विन ६ गते, बुधबार १६:४२ मा प्रकाशित

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयस्थित प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।