चाडपर्व लक्षित बजार अनुगमन आजदेखि सुरु

होमल्याण्ड खबर

२०७८ आश्विन ७ गते, बिहीबार ११:०२ मा प्रकाशित

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजदेखि नै चाडपर्व लक्षित अनुगमन सुरु गरेको हो ।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ । यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन्।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।