४ जेष्ठ २०८३, सोमबार
सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।
मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ । दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने श्रमिकको पाँच हजार अमेरिकी डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ ।


कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको छ । कोरिया सरकारले राखेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली श्रमिक कोरिया पठाउने प्रक्रिया सुरु हुने ईपीएस शाखाले जनाएको छ ।