बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार १०:२८ मा प्रकाशित

 बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौँतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंँकै आँकाशमा होल्ड भएको छ ।

काठमाडौँ सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । जहाज काठमाडौँबाट बिहान विराटनगर उडेको थियो ।