पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ आश्विन १३ गते, बुधबार १७:१० मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा१४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । हाल निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।