मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज छैन : काठमाडौं प्रशासन

होमल्याण्ड खबर

२०७८ आश्विन १५ गते, शुक्रबार १६:२२ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज नलगाइएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रशासनले स्वास्थ्यका मापदण्ड पुरा गरी काठमाडौँ उपत्यकामा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित क्रियाकलाप गर्न निषेध नगरिएको बताएका छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिक-साँस्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्नरगराउन कुनै बन्‍देज नलगाएको स्पष्ट पारेको छ ।

यसअघि असोज १४ गते स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो ।