३ जेष्ठ २०८३, आईतवार
मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए। कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ