१० मंसिर २०८१, सोमबार
नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार माल्दिभ्समा सम्पन्न राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल सात अंकका साथ फाइनल प्रवेश गरेको हो ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको थिएन । बंगलादेशविरुद्ध बराबरीको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो ।
साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो । बुधवार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुवै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।
फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको विकल्प छैन । पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ ।