३ जेष्ठ २०८३, आईतवार
नेपालमा हालसम्म ६४ लाख ६९ हजार १ सय ५९ जनालाई कोभिड-१९ विरुद्ध पूर्ण खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार त्यो भनेको कुल जनसंख्याको २९ दशमलव सात प्रतिशत हो । यस्तै, ८३ लाख ८८ हजार ४ सय २ जनालाई कोभिडविरुद्ध पहिलो डोज खोप दिइएको छ । त्यो भनेको कुल जनसंख्याको ३८.६ प्रतिशत हो ।


नेपालमा अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ७ जना सघन उपचार कक्षमा उपचाररत छन् । १ सय १ जना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सबैभन्दा बढी १२ हजार २ सय ५० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै, संस्थागत आइसोलेसनमा १ हजार ५८ र क्वारेन्टिनमा २ सय ३१ जना छन् ।