नेपाली यू–२३ टिम ताजिकिस्तान प्रस्थान

होमल्याण्ड खबर

२०७८ कार्तिक २ गते, मंगलवार ११:०५ मा प्रकाशित

एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ टिम ताजिकिस्तान प्रस्थान गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ । छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको थियो । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।