९ मंसिर २०८१, आईतवार
नेपाल नागरिक उड्डयन प्राधिकरणको नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैंठक निमित्त महानिर्देशक रहेका क्षेत्रीलाई महानिर्देशकको रुपमा नियुक्त गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको सिफारिसमा उनलाई महाप्रवन्धकको जिम्मेवारी दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको रुपमा काम गरिसकेका क्षेत्री प्राधिकरणमा भएका मध्येका सिनियर हुन् ।