चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आज नेपाल आइपुग्यो

होमल्याण्ड खबर

२०७८ कार्तिक १० गते, बुधबार १२:२७ मा प्रकाशित

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ।

५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो। प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ ।