पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ कार्तिक १४ गते, आईतवार १६:११ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।