विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला

होमल्याण्ड खबर

२०७४ कार्तिक १७ गते, शुक्रबार १५:२७ मा प्रकाशित

 आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि तीव्रताका साथ उठिरहेको हुन्छ ।  विभिन्न कुराहरू सञ्चारमाध्यममा आईरहेको बेला विश्वकप आयोजना हुने रंगशालाको अवस्था कस्तो छ त ?

रसियाले विश्वकपको लागि रंगशालाको तयारी कसरी गरिरहेको छ र कति दर्शक क्षमता तथा कस्तो प्रविधियुक्त मैदान बन्दैछ ? यो निकै महत्वपूर्ण कुरा हो ।

सन् २०१८ को जुन १४ देखि जुलाई १५ तारिखसम्म रसियाको विभिन्न ठाउँमा हुने विश्वकपको मैदान निर्माणमा पछिल्लो समयमा निकै तीव्र गतिमा काम भैरहेको छ ।

रसियाले १२ वटा रंगशालामा विश्वकप आयोजना गर्दैछ । विश्वकपका लागि भनेर रसियाले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ भने बाँकी रंगशाला पनि पुनर्निर्माण र बिस्तार गरेको छ ।

यस्ता छन् सन् २०१८ को विश्वकप आयोजना हुने रंगशाला

लजनिकी रंगशाला

यो रंगशाला रसियाको सबैभन्दा ठूलो रंगशाला हो । रसियाको राजधानी मस्कोमा अवस्थित यो रंगशाला बनाउन करिब ३५० मिलियन यूरो लागत लागेको थियो । यो रंगशाला विश्वकपलाई लक्षित गर्दै अझै पुनर्निर्माण भई रहेको छ ।
यो रंगशालामा ८१ हजार दर्शक क्षमता रहेको छ ।

क्रेस्टोस्की रंगशाला

रसियाको यो दोस्रो ठूलो रंगशाला हो । यो रंगशालामा विश्वकपको तयारीको रुपमा सम्पन्न भएको कन्फिडेरेशन कपको फाइनल र केही समूह चरणको खेल सम्पन्न भएको थियो । सेन्ट पिटर्सबर्गमा रहेको यो मैदान सुविधा सम्पन्न रंगशाला हो ।
यो क्रेस्टोस्की रंगशालाको दर्शक क्षमता ६८ हजार १ सय ३४ रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयार भईसकेको छ ।

ओक्रिटाई एरिना

रसियाको राजधानी मस्कोको टुसिनो शहरमा अवस्थित ओक्रिटाई एरिना रंगशाला निकै आकर्षक डिजाइनमा बनेको छ । करिब ४३० मिलियन अमेरिकन डलर यो रंगशाला निर्माणमा लागेको छ ।
२०१४ देखि खुला भएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ६० रहेको छ । यो विश्वकप फुटबलको लागि पूर्णरुपमा तयारीमा रहेको रंगशाला हो ।

कैलिनिन्ग्राद रंगशाला

रसियाको कैलिनिन्ग्रादमा रहेको यो रंगशाला विश्वकपको लागि भनेर नै निर्माण गरिएको हो । विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ भए पनि विश्वकपपछि भने २५ हजारको हुनेछ ।
अहिले यो रंगशाला निर्माणको कार्य तिब्र गतिमा भई रहेको छ ।

कजान एरिना

यो रंगशाला रसियाको कजानमा अवस्थित छ । यो रंगशाला २०१३ सालमा खुला भएको हो । करिब ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयारी अवस्थामा रहेको छ ।

निजेनी नोव्रोड रंगशाला

निजेनी नोव्रोड रंगशाला निर्माणाधीन अवस्थामा छ । विश्वकपलाई लक्ष्य गर्दै निर्माण कार्य थालिएको यो रंगशालाको काम तिब्र गतिमा भई रहेको छ । ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहने यो रंगशाला उच्च प्रविधियुक्त हुनेछ ।

कोसमोस एरिना