१० मंसिर २०८१, सोमबार
टी–ट्वान्टी विश्वकपको रोमाञ्चक सेमिफाइनल प्रतिस्पर्धामा इंग्ल्यान्डलाई पाँच विकेटले हराएर न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । न्युजिल्यान्ड अब १४ नोभेम्बरमा हुने फाइनल प्रतिस्पर्धामा पाकिस्तान र अष्ट्रेलियाबीच हुने सेमिफाइनल विजेतासँग भिड्नेछ । इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर निर्धातिर २० ओभरमा १६६ रन बनाएको थियो । न्युजिल्यान्डले ६ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।
जेम्स निशम जब ब्याटिङमा आएका थिए न्युजिल्यान्डलाई २९ बलमा ६० रन चाहिएको थियो । तर निशमले जब ११ बलमा २७ रनको आक्रामक ब्याटिङ गरे त्यसपछि १२ बलमा २० रन आवश्यक रहेको थियो ।
अर्काेतर्फ टिकेर खेलिरहेका डेरिल मिशेलले जब १९ औँ ओभरमा दुई छक्का र एक चौकाका हिर्काउँदै २० रन बनाए न्युजिल्यान्डले खेल एक ओभर बाँकी रहँदै पाँच विकेटले जित्यो । डेरिल मिचेलले ४७ बलमा अविजित ७२ रनको पारी खेले र न्युजिल्यान्डलाई यादगार जित दिलाए ।
१६७ रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्यान्डकाे सुरुवात खराब थियाे । ओपनर मार्टिन गुप्टिल पहिलाे ओभरमा आउट भएका थिए । उनलाई आउट गरेका क्रिस वोक्सले आफ्नाे दाेस्राे ओभरमा न्युजिल्यान्डका कप्तान केन विलियम्सलाई समेत आउट गरे । विलियम्सले मात्र ५ रन बनाउन सके ।
तेस्राे विकेटका लागि मैदान छिरेका डेरिल मिचेल र कोनवेले ६७ बलमा ८७ रनकाे साझेदारी गर्दै टाेलीलाई खेलमा फर्काएका थिए । इंग्ल्यान्डका लागि क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि मोइन अलीले ५१, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।