पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार १६:५६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण  ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।