पछिल्लो २४ घण्टामा थपिए २९६ कोरोना संक्रमित , ५ को मृत्यु

होमल्याण्ड खबर

२०७८ मंसिर ३ गते, शुक्रबार १६:१६ मा प्रकाशित

 नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।