८ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानलले प्रसारणको इजाजत लिए नलिएको बारे सूचना तथा प्रसारण विभागले छानबिन थालेको छ ।
च्यानलहरूले प्रसारण अनुमति नलिएको भन्ने समाचार सञ्चार माध्यममा आएपछि छानबिन गर्न विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ । समितिले काम थालिसकेको छ र भोलिसम्ममा अध्ययन प्रतिवेदन बुझाइने स्रोतले जानाकारी दिएको छ ।