साेलुखुम्बुमा बाबुले आफ्नै सन्तानमाथि गरे एसिड प्रहार

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १४:२४ मा प्रकाशित

सोलुखुम्बुमा बाबुले आफ्नै सन्तानमाथि एसिड प्रहार गरेका छन् । जिल्लाकाे साेलुदूधकुण्ड नगरपालिका-५ का ५५ वर्षीय माेहन बराइलीले साेमबार बेलुका २५ वर्षीय छाेरा र १६ वर्षीय छाेरीमाथि एसिड प्रहार गरेका हुन् ।

दुबै जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीका अनुसार छाेराकाे अवस्था गम्भीर रहेकाे छ । मदिरा सेवन गरी बराइलीले एसिड छ्यापेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ ।