पछिल्लो २४ घण्टामा ३५१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १६:१३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७२९ जनाको पीसीआर परीक्षणमा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।