तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले रिपोमार्फत् २० अर्ब रुपैयाँ बजार पठाउँदै

होमल्याण्ड खबर

२०७८ मंसिर ९ गते, बिहीबार १५:१३ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत् २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले (मंसिर ९ गते ) आज वित्त बजारमा २० अर्ब रुपैयाँ पठाउने तयारी गरेको हो। राष्ट्र बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिन अर्थात मंसिर २३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन विडिङ प्रणालीमार्फत् बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ ।