३ जेष्ठ २०८३, आईतवार
नेपालमा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा आइतबार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६०४ जनाको पीसीआर र २ हजार ३१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।


२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।
गत २४ घण्टामा ३४२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।