आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार ११:०५ मा प्रकाशित

कोभ्याक्स सुविधामा मार्फत आज थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आज दिउसोसम्म उक्त खोप नेपाल आइपुग्ने जानकारी दिए। यसै साता थप खोप पनि आउने बताइएको छ।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ।