गोलाप्रथा लागू भएकै दिन सर्वोच्चमा सुनुवाई अलपत्र

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार १४:३० मा प्रकाशित

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणा कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएपछि सर्वोच्च अदालतमा बुधबार हुने भनिएको गोलाप्रथा अलपत्र परेको छ ।

गोला प्रथाबाट पेशी तोके पनि कायम मुकायम प्रधानन्यायाधीश को ? भन्ने कुरा उठाएर मुद्दाको सुनुवाइ प्रभावित गरिएको हो । केही अगुवा वकिलहरुले कामु प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि इजलासमा सुनुवाइ प्रभावित भएको हो ।

राणा कोरोना संक्रमण भएर सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । प्रधानन्यायाधीश नभएको बेला कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी अर्कोलाई दिनुपर्ने वकिलहरुको भनाई छ । यो कुराको निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न नहुने उनीहरुको भनाई छ ।