९ मंसिर २०८१, आईतवार
एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले २५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०८ रन बनाएको छ ।
आफ्नो चौथो ओभर बलिङ गर्न आएका बसन्त रेग्मीले यो ओभरमा ५ रन खर्चिए ।
यसअघि सन्दीप लामिछानेले स्टेफन मेबुर्घलाई २९ रनमा बोल्ड आउट गराएका थिए । त्यस्तै, कप्तान पारस खड्काले २ विकेट लिइ सकेका छन् । उनले नेदरल्यान्ड्सका वेस्लेय बरेसीलाई १२ रनमा आउट गराए भने बेन कोपरलाई २० रनमा एल्बीडब्लु आउट गराएका थिए । त्यस्तै, सोमपालले नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राक १ रनमा आउट गराएका थिए ।
ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ निर्णय गरेसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको हो ।