३ जेष्ठ २०८३, आईतवार
सरकारले आउँदो मंसिर २८ गतेदेखि मसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने भएको छ ।
गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने भएको हो । हालै एक सूचना जारी गर्दै विभागले बुधबारदेखि एमआरपीका लागि टोकन वितरण बन्द भएको जानकारी दिएको छ ।


सेवाग्राहीले अनलाइनबाट प्रि-इनरोलमेन्ट फर्म बुझाई त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट ई-पासपोर्ट प्राप्त गर्नसक्ने छन् ।
