२५ श्रावण २०८३, सोमबार
सरकारले कोरोनाको नयाँ भेरियन्ट भेटिएको देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
एक मत्रीका अनुसार बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी, हकङक र दक्षिण अफ्रिकाबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई सरकारले नेपाल प्रवेशमा रोक लगाएको हो।


शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए। उनका अनुसार ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।