९ मंसिर २०८१, आईतवार
एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ५५ रनले पराजित भएको छ । नेपालले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सक्यो ।
पहिलो ऐतिहासिक खेलमा नै पराजित हुदै इतिहास शुखद बनाउने राम्रो मौका नेपालले गुमाएको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । मल्लले ५१ रन बनाएका थिए । उनले ८ चौका प्रहार गरे । अनिल कुमार शाहले २१, कप्तान पारस खड्काले १२ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका पिटर सिलर, मिचेल रिप्पोन र फ्रेड क्लासेनले समान ३–३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १८९ रन मात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सले १८९ रन बनाएसँगै नेपालले १९० रनको लक्ष्य पाएको थियो ।
उत्कृष्ट सुरुवात गरेको नेपालले एकपछि अर्को विकेट लिदै घरेलु टिम नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न सक्यो । नेदरल्यान्ड्सका मिचेल रिप्पोनले ५१ बनाए । त्यस्तै, बास डे लिडेलले ३०, बेन कोपरले २० र स्कट इड्वार्ड्सले १८ बनाए ।
नेपालका लागि कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै, सोमपाल कामीले पनि ३ विकेट लिएका छन् । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १–१ विकेट लिए ।
एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको अन्तिम खेल शुक्रबार हुदैछ ।