२ जेष्ठ २०८३, शनिबार
नेपालमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९९५ जनाको पीसीआर परीक्षण तथा २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ४३६ जना भने कोरोनामुक्त भएर घर फकिएको मन्त्रालयले जनाएको छ ।
यता, काठमाडौं उपत्यकामा आइतबार १०३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन् ।