२ जेष्ठ २०८३, शनिबार
सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्ममा १ लाख २६ हजार २ सय ८३ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो ११ महिनामा नेपालमा २६ हजार १ सय ३५ पर्यटक आएका छन् । अघिल्लो महिना अक्टोबरमा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ कै सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले भ्रमण गरेका थिए ।
सन् २०१९ को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य रहेको थियो भने कोभिड–१९ को प्रभाव न्यूनीकरणसँगै पर्यटनको संख्या बढ्दै गएको छ । नोभेम्बरको पर्यटन संख्या भने कोभिडपछिको सबैभन्दा बढी हो । यसले नेपाल भ्रमण गर्ने पर्यटक आगमनमा आंशिक सुधार आएको देखिएको छ ।


अध्यागमन विभागका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट १० हजार ४ सय ११ आएका थिए भने त्यसपछि दोस्रोमा अमेरिकाबाट ३ हजार ७ सय ८२, तेस्रोमा बेलायतबाट २ हजार २६ र चौथोमा बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को अक्टोबरमा सबैभन्दा बढी भारतबाट ८ हजार ७ सय २६ र दोस्रोमा अमेरिकाबाट ४ हजार ७ सय ११ र तेस्रोमा बेलायतबाट १ हजार ३ सय ८१ जनाले नेपाल भ्रमण गरेका थिए ।
विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन संख्या दोस्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटक आगमनमा अमेरिका दोस्रो स्थानमा उक्लिएको हो