ओमिक्रोन भेरियन्ट नेपालमा पनि पुष्टि

होमल्याण्ड खबर

२०७८ मंसिर २० गते, सोमबार १३:३३ मा प्रकाशित

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।