पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

होमल्याण्ड खबर

२०७८ मंसिर २३ गते, बिहीबार १६:३१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ भने ८ लाख ५ हजार ९०० जना संक्रमणमुक्त भएका छन।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन। जसमध्ये ५ हजार ८३३ जना होम आइसोलेसनमा रहेका छन भने २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन। कोरोनाका बिरामीमध्ये १२१ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन।