राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

होमल्याण्ड खबर

२०७५ श्रावण १७ गते, बिहीबार १२:२२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले भीड व्यवस्थापन गर्न टोकन प्रणाली शुरु गरेको छ ।    ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो ।

बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताए ।  यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगर लगायतका बैंकमा लागु गरिएको सहायक प्रबन्धक काफ्लेले बताए ।