थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ मंसिर २४ गते, शुक्रबार १६:२१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।