२ जेष्ठ २०८३, शनिबार
मंसिर २८ बाट शुरू हुने संसद अधिवेशनका लागि संसद सचिवालयले सांसद, कर्मचारीहरूको एन्टिजेन परीक्षण गर्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै सचिवालयले सोमवार बिहान ११ देखि दिउँसो ३ बजेसम्म एन्टिजेन परीक्षण अवधि तोकेको छ ।
एन्टिजेन परीक्षण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ ।

