दमौलीमा ७८८ नयाँ उधोग दर्ता

होमल्याण्ड खबर

२०७५ श्रावण १८ गते, शुक्रबार १३:३७ मा प्रकाशित

आर्थिक वर्ष २०७४र७५ मा घरेलु तथा साना उधोग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उधोग दर्ता भएका छन् ।
उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उधोग, १४६ लघु उद्योग र ४९ घरेलु उधोग दर्ता भएका हुन् । आव २०७३र७४ मा लघु उधोग दर्ता करमा छुट भएका कारण बढी उधोग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३र७४ मा ८६२ उधोग ग दर्ता भएका थिए ।
आव २०७३र७४ मा उक्त कार्यालयले रु ५६ लाख चार हजार तथा आव २०७४र७५ मा रु ५३ लाख ४५ हजार राजश्व संकलन गरेको थियो । उधोग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो ।
रु एक लाखको उधोग दर्ताका लागि रु एक हजार, रु एक लाखदेखि रु तीन लाखसम्मको उधोग दर्ताका लागि रु तीन हजार, रु तीन लाखदेखि रु पाँच लाखसम्मको उधोग दर्ताका लागि रु ६ हजार, रु पाँच लाखदेखि रु २० लाखसम्मको उधोग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु एक करोडसम्मको उधोग दर्ताका लागि रु २० हजार, रु एक करोडदेखि रु पाँच करोडसम्मको उधोग दर्ताका लागि रु ३० हजार तथा रु पाँच करोडभन्दा बढी लगानी भएको उधोग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिएका छन् ।