२ जेष्ठ २०८३, शनिबार
नेपाली कांग्रेसको उपसभापति पदको मतगणना केहिबेरमा सुरु हुने भएको छ।
अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।


कांग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन। यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुने छन।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिँदा शेरबहादुर देउवा विजयी भइसकेका छन।