मुगुको अनाथ आश्रममा नारी समाज पोर्चुगलद्धारा न्यानो वितरण

होमल्याण्ड खबर

२०७८ पुष २ गते, शुक्रबार १३:३२ मा प्रकाशित

मुगुको अनाथ आश्रमका बालबालिकालाई नेपाली नारी समाज पोर्चुगलले न्यानो वितरण गरेको छ । नेपाली नारी समाज पोर्चुगलको आर्थिक सहयोमा संस्थाकी अध्यक्ष एवं समाजसेवी सिता श्रेष्ठ (सिवानी)ले जेटिएम अनाथ आश्रम मुगुका १३ जना अनाथ बालबालिकालाई खाद्यन्न सहितको न्यानो वितरण गरेका हुन् ।

कर्णालीको विकट मानिने मुगुको उक्त आश्रममा अनाथ बालबालिकाहरु अध्ययन गरिरहेका छन् । आश्रमका सस्थापक अध्यक्ष ओमराज बानियाँका अनुसार जाडो याम सूरु भैसकेको अवस्थामा बालबालिकालाई नेपाली नारी समाज पोर्चुगलले न्यानो बाडेर राहत पुगेको बताए ।

समाजले बालबालिकालाई ज्याकेट, जुत्ता र खाद्यन्नमा दाल र चामाल वितरण गरेको अध्यक्ष बानियाँले जानकारी दिए । नेपाली नारी समाज पोर्चुगलले (स्वेदश)नेपालमा संकट परेको जुनजुनसुकै बेलामा सहयोग गर्दै आइरहेको छ । कोरोना महामारीमा सयौं अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । त्यस्तै बाढी प्रभावितहरुका लागि पनि वर्षेनी राहत सामग्री उपलव्ध गराउँदै आएको छ ।

नारी समाजले पोर्चुगलमा समस्यामा परेका हर नेपालीहरुलाई समेत सहायता प्रदान गर्दै आएको छ । पोर्चुगलमा रहेका नेपाली दिदिवहिनीरुको साझा सस्थाको रुपमा रहेको नेपाली नारी समाज पोर्चुगले अहिलेसम्म समाजसेवा क्षेत्रमा पनि उत्तिकै प्रभावकारी रुपमा काम गर्दै आएको छ ।