आइतबार काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

होमल्याण्ड खबर

२०७८ पुष २ गते, शुक्रबार १५:३६ मा प्रकाशित

सरकारले आइतबार (पुस ४ गते)का लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकाका लागि बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा बिदा तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।