२ जेष्ठ २०८३, शनिबार
केहीदिन अघि काठमाडौं उपत्यकाको केही विद्यालयका विद्यार्थीहरुमा झाडापखालाको समस्या देखिएको थियो । त्यस समस्याबाट हात्तीगौंडा स्थित यूरो स्कुल पनि अछुतो रहन सकेन जसको कारण यतिबेला युरो स्कुले पूर्ण रूपमा पठनपाठन बन्द गरि विद्यालय परिसर सरसफाई गर्ने कार्यमा जुटेको छ ।
यसरी प्रत्येक कक्षाकोठादेखी सम्पूर्ण विद्यालय परिसर पूर्ण रूपमा सरसफाइ गरेर मात्र पठनपाठन सञ्चालन गर्ने र बालबालिकाको भविष्य प्रति आफु अत्यन्त चिन्तित बनेको र यसमा आफुहरु एकदम सचेत रहेकोले सरसफाई कार्यमा जुटेको यूरो स्कुलको प्रिंसिपल सैलजा अधिकारीले बताएकी छिन् ।



