काठमाडौंको तामक्रम ३ डिग्रीमा झर्‍यो

होमल्याण्ड खबर

२०७८ पुष ५ गते, सोमबार १२:४८ मा प्रकाशित

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। राती र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज बिहान ८: ४५ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन  गरिएको हो।  अधिकतम तापक्रम घटेर १७.४  डिग्रीमा पुगेको छ।